Nepali Horoscope Rashifal – नेपाली राशिफल

nepali horoscope

Nepali Horoscope Rashifal – नेपाली राशिफल

Nepali Rashifal

मेष राशि: अध्ययनको क्षेत्रमा दिन राम्रो छ। आफ्नो कार्यमा प्रभुत्व जमाउन सफल भइने छ। टेक्निकल क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ। आर्थिक लाभ हुनेछ। भूमिसम्वन्धी काममा फल प्राप्तिको योग छ।

वृष राशि: स्वजनबाट धन आउने र यात्राको समय छ। बिलासी कार्र्यमा विचार पुर्‍याउनु होला। हाडजोर्नीसम्बन्धी सामान्य समस्या देखिन सक्छ। पढाईमा रुची बढ्नाले मन प्रसन्न हुनेछ। व्यवसायमा फल प्राप्तिको समय छ।

मिथुन राशि: पारिवारिक संयोग र मधुर भोजनले मन प्रसन्न हुने देखिन्छ। अध्ययनको कार्यमा राम्रो होला। सामान्य शिर समस्या देखा पर्न सक्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। वाणी सिद्धि हुने योग छ।

कर्कट राशि: व्यापार गर्नेहरुलाई दिन राम्रो छ। बिलासी कार्यमा रुचि नलिनु राम्रो छ।  ठूलो कार्य सिद्धिमा सामान्य बाधा देखिन्छ। धार्मिक कार्यमा सुख शान्ति मिल्ने देखिन्छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ।

सिंह राशि: नयाँ कार्यमा मध्यम दिन छ। पहिलेको व्यापार व्यवसायमा केही बाधा देखिन्छ। पठनपाठन र लेखनमा रुची बढ्ने छ। परिवारमा सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला।

कन्या राशि: वैदेशिक रोजगारीको अवसर मिल्ने समय छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। बाहिरको खानपानमा रुचि नलिनु वेस हुन्छ। अर्थ प्राप्तिमा सफलता मिल्नेछ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ।

तुला राशि: पढाइ र लेखाइमा सफलता मिल्ने छ। बाहिरी व्यक्तिको बिचारमा मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला।  यात्रा गर्नु राम्रो होला। राजनीतिमा दिन शुभ छ।

वृश्चिक राशि: आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ । होटलसम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुने छ। धन प्राप्त हुने समय छ। अध्ययन, अध्यापन र लेखनमा सफलता मिल्ने योग छ।

धनु राशि: परिवारमा अर्थ कम आर्जन हुने समय देखिन्छ। कार्यगर्दा बिचारपूर्वक गर्नुहोला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। स्वदेश यात्राको योग रहेको छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।

मकर राशि: प्रेमि प्रेमिकाका लागि दिन राम्रो छ। सामाजिक कार्यमा सफलता मिल्ने छ। विद्यार्थीहरुलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य स्वास्थ्य समस्या देखिन सक्छ । दाम्पत्य जीवनमा उत्साह बढ्ने दिन छ।

कुम्भ राशि:  साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। उद्योगबाट कार्यसिद्धि हुनेछ। व्यापार व्यवसायमा बिचारपूर्वक कार्य गर्नुहोला। वैदेशिक यात्राको समय छ। पढाईमा रुचि बढ्ने योग छ।

मीन राशि: विद्यार्थीका लागि पढाई मध्यम रहेको छ। व्यापारमा फल प्राप्त हुने छ। केही मित्रसँगको बिचारमा मतान्तर हुने देखिन्छ। उन्नतीप्रगतिमा केही ढिला हुने दिन छ। स्वास्थ्य राम्रो देखिन्छ।


 

ALSO READ :

You might also like